गणपति लघुवित्तमा रोजगारीको अवसर, असार २ गतेसम्म आवेदन दिन सकिने « Arthapath.com
२६ जेष्ठ २०७९, बिहीबार

गणपति लघुवित्तमा रोजगारीको अवसर, असार २ गतेसम्म आवेदन दिन सकिने



काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ १८ गते एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको छ । उक्त रोजगारीको अवसरमा आवेदन दिने असार २ गते अन्तिम दिन रहेको छ ।

लघुवित्तले विभागिय प्रमुख अन्तर्गत लेखा तथा वित्त ब्यवस्थापन विभागमा १ जना, आन्तरिक लेखा परिक्षण विभागमा १ जना, सूचना प्रविधि विभागमा १ जना र अनुपालना तथा सामान्य सेवा विभागमा १ जना माग गरेको हो ।

त्यस्तै, जनशक्ति ब्यवस्थापन विभाग १ जना, आन्तरिक लेखा परिक्षण विभागमा १ जना र सहायक प्रशिक्षार्थी सहायकमा केही संख्यामा कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता एसइई उत्तिर्ण देखि स्नातकोत्तर तह उत्तिर्ण गरेको तथा विभिन्न बैंक तथा वित्तीय संस्थामा अनुभवि कर्मचारी माग गरेको हो ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी असार २ गतेसम्म कम्पनीको इमेल [email protected]  तथा वित्तीय संस्थाको वेवसाइट  www.ganapatimicro.com.np मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्