जाल्पा सामुदायिक लघुवित्तको साधारण सभा शनिबार बस्दैं, शेयरधनीको हात्त भने रित्तै

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो वार्षिक साधारण सभा शनिबार (जेठ २८ गते) बस्दैं छ । संस्थाको जेठ १ गते बसेको संचालक समितिको बैठकलेसभा बुटवल ८ सुख्खानगर रुपन्देहीको अम्रपाली कटेड एण्ड रेष्टुरेण्ट प्रालिमा बिहान ११ बजे बस्ने गरी बोलाएको हो ।
सभाले आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल तथा लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धीत अनुसूचीहरु माथि छलफल गरी पारित गर्नेछ । साथै, चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।
त्यस्तै, सभाले संचालक समितिमा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने संचालक पदमा २ जना निर्वाचन गर्नै, अन्य लघुवित्तसँग गाभ्ने र गाभिने तथा प्राप्ती सम्बन्धमा आवश्यक सम्पूर्ण कार्य गर्ने संचालक समितिलाई अख्तियारी तथा संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि लघुवित्तले जेठ १२ गतेदेदि जेठ २८ गतेसम्म बुक क्लोज गरको हुदाँ जेठ ११ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।