निर्यात ५९.८ प्रतिशत बढ्दा आयात २८ प्रतिशत बढ्यो - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

निर्यात ५९.८ प्रतिशत बढ्दा आयात २८ प्रतिशत बढ्यो



काठमाडौं । चालु आर्थिक वर्ष २०७८–७९ को १० महिनामा कुल वस्तु निर्यात ५९.८ प्रतिशत बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको १० महिनासम्मको तथ्याङ्क अनुसार ६० प्रतिशत बढेर १ खर्ब ७३ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोही अवधिमा निर्यात ३२.२ प्रतिशत बढेको थियो ।

गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ७२.९ प्रतिशत र २५.६ प्रतिशत बढेको भने चीनतर्फको निर्यात २४.९ प्रतिशत घटेको छ । वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, धागो (पोलिष्टर तथा अन्य), ऊनी गलंैचा, पिना लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, चिया, औषधी (आयुर्वेदिक), दन्त मञ्जन, तार लगायतका वस्तुको निर्यात घटेको हो ।

त्यस्तै, १० महिनाको अवधिमा २८ प्रतिशत आयात बढेको छ । चालु आर्थिक वर्ष २०७८–७९ को बैशाखसम्ममा कुल वस्तु आयात २८ प्रतिशत बढेर १६ खर्ब ४ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोही अवधिमा यस्तो आयात २२.३ प्रतिशत बढेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २२ प्रतिशत, २३.८ प्रतिशत र ४९.९ प्रतिशत बढेको हो । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, सुन, अन्य मेशिनरी तथा पार्ट्स लगायतका वस्तुको आयात बढेको छ भने एम.एस.विलेट, रासायनिक मल, सिमेन्ट, दाल, धान तथा चामल लगायतका वस्तुको आयात घटेको छ ।

बैशाखसम्म कुल वस्तु व्यापार घाटा २४.९ प्रतिशत बढेर १४३१ अर्ब ३० करोड रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोही अवधिमा यस्तो घाटा २१.५ प्रतिशत बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.८ प्रतिशत पुगेको रहेको छ । अघिल्लो वर्ष ८.६ प्रतिशत निर्यात–आयात अनुपात रहेको थियो ।

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १८३ अर्ब ९४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १५५ अर्ब ८ करोड रुपैयाँ बराबरको भएको थियो ।


प्रतिक्रिया दिनुहोस्