सिवाईसी नेपाल लघुवित्तको आइपीओ नेप्सेमा सूचीकृत, कति पाउँला ओपनिङ्ग रेञ्ज ? « Arthapath.com
२७ जेष्ठ २०७९, शुक्रबार

सिवाईसी नेपाल लघुवित्तको आइपीओ नेप्सेमा सूचीकृत, कति पाउँला ओपनिङ्ग रेञ्ज ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सिवाइसि नेपाल लघुवित्तको आइपीओ सूचीकृत भएको छ । कम्पनीको आइपीओ शुक्रबार ‘सिवाइसिएल’ सिम्बोलबाट नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तको १०० रुपैयाँ अंकित दरको १२ लाख १६ हजार ४१८ कित्ता शेयर सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारण समक्ष ग्लोबल आइएमई क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत साधारण शेयर खुला बिक्री आव्हान गरेको थियो । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुमा (कर्मचारी समेत) वितरण गरिएको ३ लाख ९५ हजार ३३६ कित्ता (३२.५० प्रतिशत) र कम्पनीका संस्थापकहरुले लगानी गरेको ८ लाख २१ हजार ८२ कित्ता (६७.५० प्रतिशत) शेयर समेत जम्मा गरी १२ लाख १६ हजार ४१८ कित्ता शेयर सूचीकृत गराएको हो ।

लघुवित्तको आइपीओले पहिलो कारोबारको लागि ओपनिङ रेञ्ज ३४४ रुपैइाँ ३६ पैसादेखि १०३३ रुपैयाँ ८ पैसासम्म पाउने देखिएको छ । अब उक्त आइपीओ अर्का कारोबारको दिन देखि धितोपत्रको दोस्रो बजारमा कारोबार शुरु हुनेछ ।


प्रतिक्रिया दिनुहोस्