शेयर बजारमा शनिबार बाहेक सबै दिन कारोबार खुल्ने

काठमाडौं । शेयर बजार हप्तामा ६ दिन खुल्ने भएको छ । सातामा ५ दिन मात्रै खुल्दै आएको शेयर बजार असामहिनादेखि सातामा ६ दिन खुलाउने तयारी भईरहेको छ ।
यसअघि आइतबार, सोमबार, मंगलबार, बुधबार र बिहीबार मात्रै शेयर कारोबार हुँदै आएको थियो । तर जेठ १ गतेदेखि सातामा २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै आइतबारको सट्टा शुक्रबार शेयर कारोबार हुँदै आएको थियो । हाल सातामा ५ दिन शेयर कारोबार हुँदै आएकोमा १ दिन थप गरेर ६ दिन गर्ने तयारी नेप्सले गरेको हो ।
हाल सोमबार, मंगलबा, बुधबार, बिहीबार र शुक्रबार शेयर कारोबार हुँदै आएको छ । अब आइतबार पनि सार्वजनिक बिदा हटेपछि सो दिन पनि शेयर कारोबार खुलाउने तयारी भईरहेको नेप्से स्रोतले बताएको छ । तर शुक्रबार भने अन्य दिनभन्दा कम समय कारोबार गर्ने छ ।
आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि ३ बजेसम्म र शुक्रबार भने बिहान ११ बजेदेखि साढे १ सम्म मात्रै कारोबार हुन सक्ने उक्त स्रोतको दाबी छ । तर शुक्रबार पनि अन्य दिन झै शेयर कारोबार हुन सक्ने सम्भावना छ । हाल सो विषयमा छलफल गरिरहेकाले आधिकारिक निर्णय भने नेप्सेले गर्न भने बाँकी छ ।