पिपुल्स पावरले आईपीओ निष्कासनका लागि पायो बोर्डबाट अनुमति
काठमाडौं । पिपुल्स पावर लिमिटेडले आईपीओ निष्कासनका लागि नियामक निकायम नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । जेठ २७ गते लघुवित्तलाई ३१ करोड बराबरको ३१ लाख कित्ता आईपीओ निष्कासनका लागि अनुमति दिएको हो ।
कम्पनीले बोर्डबाट अनुपति पाएसँगै अब सर्वसाधारण र आयोजना प्रभावित स्थानियका लागि १ सय रुपैयाँ अंकितदरमा आइपीओ निष्कासन गर्नेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
सर्वसाधारणमा आईपीओ जारी तथा बाँडफाँट पश्चात कम्पनीको चुक्तापूँजी ६३ करोड २६ लाख रुपैयाँ पुग्नेछ ।













