साढे १६ बर्षमा नै राष्ट्रिय वाणिज्य बैंकका डीसीईओ अधिकारीले पाए अवकाश
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) कविराज अधिकारीले अवकाश पाएका छन् । डीसीईओ अधिकारीको ४ बर्षे कार्यकाल सकिएसँगै बैंकबाट अवकाश पाएका हुन् ।
साढे १६ बर्ष काम गरेका अधिकारी अवकाश पाउँदा बैंकको डेपुटी सीईओ भएर ४ बर्षे कार्यकाल सफलतापूर्वक निर्वाह गर्दै बैंकबाट बिदा भएका हुन् । डीसीईओ अधिकारी जेठ २७ गते शुक्रबारदेखि बैंकबाट बाहिरिएका हुन् ।
राष्ट्रिय वाणिज्य बैंकमा १६ बर्ष ५ महिना काम गरेका अधिकारीले बैंकिङ्ग यात्रा पनि सोही बैंकबाट गरेका थिए । अवकाश पाउँदा डेपुटी सीईओ बनेपछि ४ बर्षे कार्यकाल सकिएको सोही मितिबाट अवकाश पाउने व्यवस्था बमोजिम उनले साढे १६ बर्षको अवधिमा नै बैंकबाट अवकाश पाएका हुन् । डीसीईओ अधिकारीले बैंकमा हुँदा सिनयर म्यानेजर, डीजीएम हुँदै डेपुटी सीईओ बनेका हुन् ।













