दोर्दी खोलाको आईपीओमा झण्डै २ अर्ब रुपैयाँको शेयर माग, कतिले दिए आवेदन ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

दोर्दी खोलाको आईपीओमा झण्डै २ अर्ब रुपैयाँको शेयर माग, कतिले दिए आवेदन ?



काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा अन्तिम दिन ८.८५ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार मंगलबार साँझसम्ममा १५ लाख ५९ हजार ५८ जना आवेदकले १ अर्ब ७८ करोड ७५ लाख ६२ हजार रुपैयाँ बराबरको १ करोड ७८ लाख ७५ हजार ६२० कित्ता शेयरका लागि आवेदन दिएका हुन् ।

कम्पनीले जेठ २६ गतेदेखि जेठ ३१ गतेसम्म प्रतिकित्ता १०० अंकित दरका २१ लाख ९५ हजार ५०९ कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको हो । जसमध्ये ३ प्रतिशत अर्थात ६५ हजार ८६५ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ९ हजार ७७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र बाँकी २० लाख १९ हजार ८३९ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाले कम्पनीलाई इक्राएनपी आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।


प्रतिक्रिया दिनुहोस्