रिभर फल्स पावरको आइपीओ नेप्सेमा सूचीकृत, कति पाउँला ओपनिङ्ग रेञ्ज ? « Arthapath.com
५ असार २०८२, बिहीबार

रिभर फल्स पावरको आइपीओ नेप्सेमा सूचीकृत, कति पाउँला ओपनिङ्ग रेञ्ज ?



काठमाडौं ।रिभर फल्स पावर लिमिटेडको शेयर धितोपत्रको दोश्रोे बजार नेपाल स्टक एक्सचेन्जमा कारोबारका लागि रिभर फल्स पावर लिमिटेड र नेपाल स्टक एक्सचेन्जबीच सम्झौता भएको छ । कम्पनीको आइपीओ बुधबार आरएफपिएल सिम्बोलबाट नेप्सेमा सूचीकृत भएको हो ।

सम्झौतापत्रमा रिभर फल्स पावर लिमिटेडको तर्फबाट प्रबन्ध निर्देशक दिनेश गुरुङ्ग र नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीले सयुक्त रुपमा हस्ताक्षर गरेका हुन । कम्पनीले आयोजना प्रभावित स्थानिय क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको ७ लाख कित्ता, सर्वसाधारणको लागि निष्कासन गरेको २७ लाख ३० हजार कित्ता र संस्थापकहरुले लगानी गरेको ३५ लाख ७० हजार कित्ता गरी कुल ७० लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो । अब कम्पनीको शेयर कारोबार बिहीवारदेखि कारोबारमा आउनेछ ।

कम्पनीले प्रभु क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । शेयर रजिष्ट्रारमा नियुक्त क्यापिटलले कम्पनीको आइपिओ बाँडफाँड पश्चात शेयरधनीको हितग्राही खातामा शेयर जम्मा गर्ने कार्यका साथै धितोपत्रको दोश्रो बजार नेपाल स्टक एक्सचेन्जमा समेत द्रुत गतिमा कम्पनीको शेयर सूचिकृत गराउन आवश्यक सहजीकरण गरी छोटो समयमै कम्पनीको शेयरलाई कारोबारमा ल्याउन सफल भएको छ ।

पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको प्रतिशेयर नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने नियम अनुसार नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ओपन रेञ्ज ८७ दशलमव ९८ रुपैयाँ देखि २६३ दशमलव ९४ तोकेको छ ।


प्रतिक्रिया दिनुहोस्