कर्णाली प्रदेश सरकारले ल्यायो साढे ३२ अर्ब रुपैयाँको बजेट (पूर्णपाठ) - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

कर्णाली प्रदेश सरकारले ल्यायो साढे ३२ अर्ब रुपैयाँको बजेट (पूर्णपाठ)



काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९–८० को बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो ।

बुधबार आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन् । प्रदेश सरकारले ल्याएको बजेटमा पूँजीगततर्फ ५९.५८ प्रतिशत अर्थात् १९ अर्ब ४३ करोड ५ लाख २४ हजार रुपैयाँ, चालुतर्फ २८.११ प्रतिशत अर्थात् ९ अर्ब १६ करोड ९९ लाख १० हजार रुपैयाँ र वित्तीय हस्तान्तरणतर्फ १२.३१ प्रतिशत अर्थात् ४ अर्व १ करोड ५७ लाख २९ हजार रुपैयाँ विनियोजन गरिएको मन्त्री विष्टले जानकारी दिए ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजश्वबाट ७१ करोड २९ लाख ७४ हजार रुपैयाँ, चालु आर्थिक बर्षको खर्च नभएर बाँकी रहन जाने अनुमानित रकम ४ अर्ब ५५ करोड ४५ लाख ८५ हजार रुपैयाँ, संघीय सरकारबाट राजश्व बाँडफाँट वापत प्राप्त हुन आएको रकम ९ अर्ब २ करोड २० लाख रुपैयाँ, वित्तिय समानीकरण अनुदानबाट प्राप्त हुन आएको १० अर्ब ७२ करोड ६४ लाख रुपैयाँ र सशर्त अनुदानबाट ५ अर्ब ६९ करोड ६७ लाख रुपैयाँ परिचालन गरिने मन्त्री विष्टले बताए ।

नेपाल सरकारबाट प्राप्त हुने समपूरक वापत १ अर्ब २१ करोड ५० लाख रुपैयाँ, विशेष अनुदान वापत ६६ करोड ८० लाख रुपैयाँ र वैदेशिक सहायताबाट सञ्चालित हुने कार्यक्रम तथा आयोजना कार्यान्वयनका लागि २ करोड ५ लाख ४ हजार रुपैयाँ स्रोत परिचालन गरिने छ ।


प्रतिक्रिया दिनुहोस्