गण्डकी प्रदेशको ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट सार्वजनिक - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

गण्डकी प्रदेशको ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट सार्वजनिक



काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजी बरालले चालुतर्फ १३ अर्ब २६ करोड ८८ लाख र पुँजीगततर्फ २२ अर्ब १४ करोड रुपैयाँको बजेट बुधबार प्रदेशसभामा पेश गरेका हुन् ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा भन्दा करिब ६ अर्ब बढी बजेट ल्याएको हो । बजेटको स्रोतहरुमा नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदानमार्फत ७ अर्ब ९२ करोड, राजश्व बाँडफाँडबाट प्राप्त ९ अर्ब २३ करोड, ससर्त अनुदानतर्फ ६ अर्ब ९१ करोड ८३ लाख, समपुरक अनुदानतर्फ ८३ करोड, विशेष अनुदानतर्फ ८६ करोड रुपैयाँ प्राप्त गर्ने अनुमान गरिएको छ ।

प्रदेशको आन्तरिक राजश्वबाट ५ अर्ब ९ करोड र रोयल्टी बाँडफाँडबाट ३२ करोड प्राप्त हुने अनुमान छ । चालु आर्थिक वर्षको वार्षिक कार्यक्रममा २ अर्ब ७१ करोड रुपैयाँ खर्च हुन नसकेर मौज्दात रहने अनुमान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्