विन नेपाल लघुवित्तमा ६ जना संचालक निर्विरोध निर्वाचित « Arthapath.com
६ असार २०७९, सोमबार

विन नेपाल लघुवित्तमा ६ जना संचालक निर्विरोध निर्वाचित



काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ संचालक समिति गठन गरेको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै जेठ ३१ गते सम्पन्न सातौं वार्षिक साधारण सभाले ६ जना संचालक चयन गरेको हो ।

लघुवित्तले संस्थापक शेयरधनीबाट ४ जना र सर्वसाधारण शेयरधनीहरुबाट २ जना संचालक निर्वाचित भएका हुन । संस्थापक शेयरधनीहरुबाट मदन गोपाल श्रेष्ठ, कुमार राज जोशी, सुकुमान डंगोल र रमादेवी श्रेष्ठ तथा सर्वसाधारण शेयरधनीहरुबाट राजु केसी र एन्जिला न्यौपान निर्विरोध निर्वाचित भएका हुन ।


प्रतिक्रिया दिनुहोस्