सपोर्ट लघुवित्तको शेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले संस्थापक समूहको २२ हजार ४५८ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।
लघुवित्तका संस्थापक शेयरधनी अशोक कुमार प्रधानले १३ हजार ७१५ कित्ता, विभा शर्माले ५००५ कित्ता, राजुराम थापाले ३०१० कित्ता र राम प्रमेश्वर पटेलले ७२८ कित्ता शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ६५० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदाँ सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन दिन सकिनेछ ।
उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र लघुवित्तको केन्द्रिय कार्यालय इटहरी ४ सुनसरीमा आवेदन दिन सकिनेछ ।
साथै, तोकिएको अवधि भित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।