महुली लघुवित्तले एफपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकका लागि कोटसन आव्हान

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्काशन गर्न बिक्री प्रबन्धकका लागि कोटेसन आव्हान गरेको छ ।
लघुवित्तले सर्वसाधारणलाई छुट्याईएको कुल शेयर मध्ये बाँकी ४ लाख १६ हजार १४७ कित्ता एफपीओ निष्काशन गर्न बिक्री प्रबन्धक नियुक्त गर्ने लागेको हो ।
इच्छुक अनुभवी निष्काशन तथा बिक्री प्रबन्धक ले आफ्नो कम्पनीको प्रोफाइल सहित सूचना प्रकाशित भएको मिति (असार १५ गते) ले १५ दिन भित्र दररेट पेश गर्ने सक्नेछन् ।
