तपाईको खातामा आयो २५ प्रतिशत बोनश शेयर ? आएको छैन् भने यसो गर्नुहोस् - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

तपाईको खातामा आयो २५ प्रतिशत बोनश शेयर ? आएको छैन् भने यसो गर्नुहोस्



काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनश शेयर हितग्राही (डिम्याट) खातामा पठाउन थालेको छ । लघुवित्तले वितरण गरेको २५ प्रतिशत बोनश शेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा गरेको हो ।

लघुवित्तले २०७८ पुस ३० गते सम्पन्न भएको ११औं वार्षिक साधारण सभाबाट संस्थाका शेयरधनीहरुलाई चुक्तापूँजीको २५ प्रतिशत बोनश शेयर प्रदान गर्ने बिशेष प्रस्ताव पारितभए बमोजिम उक्त बोनश शेयर शेयरधनीहरुलाई वितरण शेयरधनी दताए पुस्तिक बन्द हुदाँ बखत अभौतिक रुपमा शेयर धारण गरेका शेयरधनीको खातामा असार १४ गतेदेखि वितरण सुरु गरेको हो ।

साथै, भौतिक रुपमा शेयर धारण गरेका शेयरधनीहरुले संस्थाको शेयर अभौतिकिकरण भए पश्चात स्वत शेयरधनीहरुको खातामा जम्मा गरिने हुदाँ आफ्नो शेयर अभौतिकरण गर्ने कम्पनीले भनेको छ । लघुवित्तको संस्थाको शेयर रजिष्ट्रारका रुपमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्