समीट लघुवित्तद्धारा बोनश शेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्ने आग्रह

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्ने आग्रह गरेको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै पौष २४ गते सम्पन्न १३औं वार्षिक साधारण सभाले पारित गरेको बोनस शेयरमा लाग्ने कर बापतको रकम बुझाउन भनेको हो ।
लघुवित्तले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट शेयधनीहरुलाई २५.२८५३१६ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित भई उक्त बोनस शेयर सूचीकरण समेत भइसकेको छ ।
उक्त बोनस शेयर बापतको रकम सिभिल बैंकको खाता न ००२१००००४८२६८९ मा जम्मा गरी सो को भौचर संस्थाको शेयर रजिष्ट्रार सिभिल क्यापिटल मार्केटको इमेल ठेगाना मा पठाउनु पर्नेछ ।
