आदर्श लघुवित्तको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल मार्केट नियुक्त

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा बिओके क्यापिटल मार्केट लिमिटेड नियुक्त गरेको छ ।
लघुवित्तको संचालक समितिको निर्णय अनुसार संस्थाको धितोपत्र कारोबार सम्बन्धी अभिलेक राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य बिओकेले गर्ने छ ।
