संसदमा सम्बोधन गर्दै अर्थमन्त्री शर्माले दिए राजीनामा
काठमाडौं । अर्थमन्त्री जनार्दश शर्माले पदबाट राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्न राजीनामा दिएको घोषणा गरेका हुन ।
प्रतिपक्ष नेकपा एमालेलगायतले बजेट आउने अघिल्लो रात अनधिकृत मान्छे मन्त्रालय छिराएर करको दर हेरफेर गरेको विषय उठाउँदै सीसीटीभी फुटेज मागेका थिए । तर, सो फुटेज डिलिट भएको मन्त्रालयको जवाफसँगै उनको विरोध चर्किएको थियो ।
चौर्तफी बिरोध पछि शर्मा माथि छानबिन गर्नेका लागि संसदीय विशेष समिति गठन समेत गरेको छ। उक्त समितिमा सांसदहरुमा खगराज अधिकारी, देव गुरुङ, पुष्पा भुसाल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला बिक, लक्ष्ममणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सरला कुमारी यादव, सीताराम महतो र सुरेन्द्र प्रसाद यादव रहेका छन् ।
संसदमा सम्बोधनमा शर्माले “आफूले कुनै गल्ती कमजोरी नगरेकोले जस्तोसुकै छानविनको लागि तयार रहेको अर्थमन्त्री शर्माले जनाएका छन् । हजारौं छानविनको लागि म तयार छु । सबै प्रकारको छानविनको लागि म तयार छु । आम नागरिकलाई भ्रम सिर्जना भएको कारण छानविन समिति गठनको सामाना गर्न आफू तयार रहेको” बताउर्दै राजीनामा दिएको घोषणा गरेका हुन ।













