मन्दाकिनी हाइड्रोपावरको आईपीओ बाँडफाँट, तपाईलाई पर्यो की यसरि हेर्नुहोस् नतिजा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

मन्दाकिनी हाइड्रोपावरको आईपीओ बाँडफाँट, तपाईलाई पर्यो की यसरि हेर्नुहोस् नतिजा



काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले असार १ गतेदेखि २२ गतेसम्म निष्कासन गरेको आईपीओ असार ३० गते बाँडफाँट गरेको जनाएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानिय क्षेत्रका बासिन्दाका लागि जारी पूँजीको ५८ करोड ८० लाख ३६ हजार ९ सय रुपैयाँको १० प्रतिशत अर्थात ५ करोड ८८ लाख ३ हजार ७ सय रुपैयाँ बराबरको ५ लाख ८८ हजा ३७ कित्ता निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. २, ३, ४ र ६ (साविककको सार्दिखोला गा.वि.स., घाचोक गा.वि.स., गाहाचोक गा.वि.स. र धिताल गा.वि.स.का बासिन्दाहरुका छुट्याईएको थियो ।

शेयर बाँडफाँट सम्बन्धी नजिता कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडको www.bokcapital.com.np वेबसाइट मार्फत हेर्ने सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्