किसान लघुवित्तले माग्यो सीईओ, शैक्षिक योग्यता कति ? « Arthapath.com
४ श्रावण २०७९, बुधबार

किसान लघुवित्तले माग्यो सीईओ, शैक्षिक योग्यता कति ?



काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) माग गरेको छ । लघुवित्तले बुधबार एक सूचना प्रकाशित गर्दै सीईओ मागेको हो ।

उक्त पदका लागि लघुवित्तले मान्यता प्राप्त शिक्षण संस्था बाट चार्टर्ड एकाउण्टेन्सी वा ब्यवस्थापन, बैकिङ, वित्तीय, मौद्रिक अर्थशास्त्र, वाणिज्य शास्त्र, लेखा शास्त्र, तथ्याङ शास्त्र, गणित शास्त्र, ब्यापार प्रशासन, जन प्रशासन वा कानून विषयमा स्नातकोत्तर तह वा सो सरहको परीक्षा उत्तिर्ण गरेको माग गरेको हो ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी साउन १० गते भित्र संस्थाको कार्यालयको इमेल मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्