महुली लघुवित्तको खुद नाफा झण्डै ११ करोड रुपैयाँ, अन्य सूचक कस्तो ? « Arthapath.com
६ श्रावण २०७९, शुक्रबार

महुली लघुवित्तको खुद नाफा झण्डै ११ करोड रुपैयाँ, अन्य सूचक कस्तो ?



काठमाडौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले सार्वजनिक गरेको विवरण अनुसार लघुवित्तको खुद नाफामा सुधार देखिएको छ ।

असार मसान्तसम्मको अवधिमा लघुवित्तको खुद नाफा १०.७४ प्रतिशतले बढेर १० करोड ८५ लाख ८२ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको खुद नाफा भने ९ करोड ८० लाख ४७ हजार रुपैयाँ आर्जन गरेको थियो ।

समिक्षा अवधिमा लघुवित्तको संचालन नाफा र खुद ब्याज आम्दानीमा सुधार आउदा खुद नाफामा समेत सुधार देखा परेको हो । सो अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १९.५० प्रतिशतले बढेर २८ करोड ४१ लाख ९१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सो अवधिमा भने लघुवित्तको खुद ब्याज आम्दानी २३ करोड ७८ लाख ११ हजार रुपैयाँ आर्जन गरेको थियो । चौथो त्रैमाससम्ममा लघुवित्तको संचालन नाफा २५.७८ प्रतिशतले बढेर १७ करोड २३ लाख ५२ हजार रुपैयाँ आर्जन गरेको छ ।

समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २६ प्रतिशतले बढेर २८ करोड २१ लाख ६९ हजार रुपैयाँ, जगेडा कोष १७.८२ प्रतिशतले बढेर २९ करोड २२ लाख १६ हजार रुपैयाँ, सापटी ४४.९९ प्रतिशतले बढेर २ अर्ब २५ करोड ७० लाख ७० हजार रुपैयाँ, निक्षेप संकलन २७.१५ प्रतिशतले बढेर १ अर्ब ६४ करोड ५ लाख ८४ हजार रुपैयाँ, कर्जा लगानी ३८. ३४ प्रतिशतले बढेर ४ अर्ब ४६ करोड ६५ लाख ३७ हजार रुपैयाँ आर्जन गरेको छ ।

महुलीको प्रतिसेयर आम्दानी भने घटेको छ । अघिल्लो वर्ष प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ७८ पैसा (वार्षिक) रहेकामा अहिले घटेर ३८ रुपैयाँ ४८ पैसा (वार्षिक) मा आएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २०३ रुपैयाँ ५३ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्