एनएमबि लघुवित्तद्धारा विभागीय प्रमुख माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ। लघुवित्तले एक सूचना प्रकाशित गर्दै अधिकृत श्रेणीमा विभागीय प्रमुख (आन्तरिक लेखा परिक्षण) मागेको हो ।
उक्त पदका लागि शैक्षिक योग्यता मान्यता प्राप्त विश्वविद्यालयबाट सिए, सिपिएस जस्ता तह हासिल गरेका वा वित्त लेखा विषयमा स्नातकोत्तर तह हासिल गरी बैंक तथा वित्तीय सस्थामा ३ वर्षको कार्य अनुभव भएको कर्मचारी माग गरेको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (साउन ६ गते) ले १५ दिन भित्र लघुवित्तको वेवसाइट https://nmbmicrofinance.com/ मार्फत आवेदन दिन सक्नेछन् ।
