पैसा ठिक्क पार्नुहोला: सोमबारदेखि मन्दाकिनी हाइड्रोपावरको आईपीओ बिक्री खुला हुदै - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

पैसा ठिक्क पार्नुहोला: सोमबारदेखि मन्दाकिनी हाइड्रोपावरको आईपीओ बिक्री खुला हुदै



काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले सोमबार (साउन ९ गते) देखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आइपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमा २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ भने बाँकी रहेको १० लाख ९३ हजार ७४८ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओमा आवेदन दिने समय साउन १२ गतेसम्म रहेको छ भने उक्त समयभित्र माग बमोजिम आवेदन नपरेमा साउन २३ गतेसम्म थप हुनेछ ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले विक्री प्रबन्धसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन् । यसका साथै मेरो शेयरको वेबसाइट तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस (आईएस) रेटिङ्ग प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।


प्रतिक्रिया दिनुहोस्