फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको सीईओमा रामदयाल राजबंशी नियुक्त

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामदयाल राजबंशी नियुक्त गरेको छ ।
साउन ७ गते बसेको संचालक समितिको बैंठकले राजबंशीलाई साउन १५ गतेबाट लागू हुने गरी सीईओ पदमा नियुक्त गरेको हो । उनको कार्यकाल ४ वर्षका लागि हुने लघुवित्तले जनाएको छ ।
यस्तै, त्यसअघि क्यानेडिएन सिइसिआईमा १ वर्ष लघुवित्त विशेषज्ञको कार्यानुभव भएका राजवंशी त्यसअघि बैंक अफ माल्दिभ्समा २ वर्ष माइक्रो क्रेडिटमा रहेर काम गरेका छन् ।
