एसइई २०७८/७९ को नतिजा एसएमएस मार्फत सहज बनाउन स्प्यारो एसएमएस ले राष्ट्रिय परीक्षा बोर्डसँग साझेदारी
काठमाडों । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले SEE विद्यार्थीहरुलाई SEE २०७८/७९ को नतिजा हेर्नको लागि SMS सेवा उपलब्ध गराउन Sparrow SMS सँग सम्झौता गरेको छ । SEE विद्यार्थीले SMS मार्फत SEE को नतिजा हेर्न सक्नेछन् ।
Sparrow SMS आधिकारिक SMS सेवा प्रदायक हो र एक दशक देखि प्रत्येक वर्ष SEE को नतिजा प्रकाशित गर्दै आएको छ । यो साझेदारीसँगै अब नेपालभरका SEE विद्यार्थी र अभिभावकहरूले सजिलै र सहज रूपमा SMS मार्फत आफ्नो SEE नतिजा हेर्न सक्नेछन् । विद्यार्थी र उनीहरूको नतिजा बीचको दूरी कम गर्ने उद्देश्यका साथ, Sparrow SMS ले परीक्षाको नतिजा सीधै मोबाइल फोनमा उपलब्द गरौछ। विगत १० वर्षदेखि देशभरका विद्यार्थीहरूले यस सेवाबाट लाभान्वित हुँदै आएका छन् |
जानकी टेक्नोलोजी (स्प्यारो एसएमएस) का मुख्य कार्यकारी अधिकारी, मनोज थापा भन्छन्,
“केहि सेकेन्ड भित्र आफ्नो मिहिनेतको नतिजा थाहा पाउनु जो कोहीका लागि पनि उत्साहजनक र रोमाञ्चक अनुभव हो । SPARROW SMS लाखौं विद्यार्थीहरूसँग आफ्नो सेवा मार्फत् यी भावनाहरू साझा गर्न सक्षम भएकोमा गर्व गर्दछ । “
SEE (SLC) को नतिजा २०७८/२०७९ एसएमएस मार्फत कसरी हेर्ने ? तपाईको SEE (SLC) को नतिजा २०७८/२०७९ को SMS मार्फत हेर्नको लागि निम्न चरणहरू पालना गर्नुहोस्:
- आफ्नो मोबाइलको SMS बाकसमा जानुहोस्
२. नयाँ SMS लेख्नुहोस् - आफ्नो Symbol नम्बर टाईप गरेर एउटा Space दिनुहोस्
- 35001 मा SMS पठाउनुहोस्
- Video Link: https://youtu.be/Py7qkpmgzks













