खप्तड लघुवित्त र इष्टर्न हाइड्रोपावरले बोर्डबाट पाए आईपीओ निष्कासनको अनुमति « Arthapath.com
१० श्रावण २०७९, मंगलवार

खप्तड लघुवित्त र इष्टर्न हाइड्रोपावरले बोर्डबाट पाए आईपीओ निष्कासनको अनुमति



काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट २ फरक फरक कम्पनीले आइपीओ निष्कासनको अनुमति पाएका छन् । साउन ९ गते इष्टर्न हाइड्रोपावर लिमिटेडल र साउन १० गते खप्तड लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्ने बोर्डबाट अनुमति पाएका हुन् ।

इष्टर्न हाइड्रोपावर

इष्टर्न हाइड्रोपावर कम्पनीले १२ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । १०० रुपैयाँ अंकितदरले कम्पनीले पहिलो चरणमा स्थानीयको लागि निष्कासन गर्नेछ भने दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ । शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

खप्तड लघुवित्त

खप्तड लघुवित्त वित्तीय संस्थाले १ लाख ३२ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको छ । अब कम्पनीले १०० रुपैयाँ अंकित दरले सर्वसाधारणलाई आइपीओ जारी गर्ने छ ।

शेयर निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्