सल्यानको कुपिन्डे दहमा टिकटक बनाउने क्रममा १ जना युवा डुबेर बेपत्ता
काठमाडौं । सल्यानको कुपिन्डे दहमा टिकटक बनाउन भनी गएका युवा डुबेर बेपत्ता भएका छन् । वनगाड कुपिन्डे नगरपालिका–८ बाबियाचौरस्थित कुपिन्डे दहमा मंगलबार दिउँसो टिकटक बनाउन गएका ३७ वर्षीय वेदबहादुर बस्नेत डुबेर बेपत्ता भएका हुन् ।
टिकटक बनाउन दहमा पसेका उनको अहिले प्रहरीले खोजी कार्य गरिरहेको छ। वैदेशिक रोजगारीबाट फर्किएका बस्नेत साथी मूलबहादुर तामाङलाई कुपिन्डे दह घुमाउन गएका थिए ।
साथीसँगै कुपिन्डे दह घुम्न गएका बस्नेत आफू दहमा पसेर तामाङलाई टिकटकका लागि भिडियो खिच्न अह्राएका थिए । तर, टिकटकका लागि भिडियो खिच्ने क्रममा बस्नेत दहको गहिरो भागमा छिरेका थिए । र, उनी बेपत्ता भएका थिए ।













