१६ करोड ८६ लाख लगानीमा राससको केन्द्रीय कार्यालय निर्माण, प्रधानमन्त्री देउवाले गरे उद्घाटन
काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) ले भद्रकालीस्थित केन्द्रीय कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन भएको छ । आज एक कार्यक्रमकाबीच वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त भवनको उद्घाटन गरेका हुन ।
राष्ट्रिय समाचार समिति २०१८ फागुन ७ गते विधिवत स्थापना भएको संस्था हो । २०७२ सालको भुकम्पले क्षति गरेको राससको केन्द्रीय कार्यालय भवन सहरी विकास मन्त्रालय अन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाई(भवन तथा आवास) को सहयोगमा राससको नयाँ भवन पुर्ननिर्माण गर्ने कार्य भएको थियो । सिद्धबाबा कन्स्ट्रक्सन प्रा.लि. काठमाडौं– ३१ शान्तिनगरले राससको पुर्ननिर्मित दुईवटा भवन निर्माण गरेको हो । २०७४ साल साउन २६ गते सम्झौता भइ यी भवनहरु निर्माण सम्पन्न भएका हुन् । यी चार÷चार तला रहेको दुई भवनमा ५६ वटा कोठा रहेको छ । दुवै भवनमा माल्टी प्रपोज हल, २ वटा लिफ्ट, एयर कन्डिसन र फायरफाईटिङ सिस्टम लगायत अन्य सुविधाहरु रहेको छ । यी दुवै भवनको निर्माण गर्न १६ करोड ८६ लाख ५२ हजार १२२ रुपैयाँ खर्च लागेको छ ।
उक्त उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले सरकार प्रेस स्वतन्त्रता माथि सधै सकारात्मक रहेको बताए । उनले वर्तमान युवामा पत्रकारीता बीना प्रजातन्त्र कमजोर हुने भन्दै सहि सत्य तथ्य समाचार संकलन गर्ने समेत आग्रह गरे । साथै उक्त कार्यक्रममा बोल्दै सूचना तथा संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सरकार पत्रकारको हित लागि सधै अग्रसर रहेको र पत्रकारले पनि भ्रामक समाचार प्रसार गर्ने प्रेस जगतलाई अनुरोध गरे ।
यस अघि प्रधानमन्त्री शेर बहादुर देउवा रहेको कार्यक्रम अगाडि २ जना युवाले नागरिकता विद्ययक खारेज गर भन्दै नाराबाजी गरेकोले प्रधानमन्त्रीको सुरुक्षालाई आज चुस्त दुरुत बनाइएको थियो । उक्त कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, सहरी विकासमन्त्री मेटमणि चौधरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्याल, सहरी विकास मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंहलगायत सहभागी छन् ।
नेपाल सरकारको आधिकारिक समाचार समितिको रुपमा सूरुमा नेपाल संवाद समितिको रुपमा स्थापना भएको यो संस्थाको २०२८ सालमा ऐन संशोधन भयो र राष्ट्रिय समाचार समितिमा रुपान्तरण भएको हो । रासस स्थापना भएको ६१ वर्ष पुगेको छ । यो अवधीमा राससले अनेकौ आरोहअवरोह पार गरेको छ । पंचायत, बहुदल, सशस्त्र द्वन्द्वहुँदै लोकतान्त्रिक गणतन्त्र नेपालसम्म आइपुग्दा राससले राज्य र सरकारको पक्षमा निरन्तर कलम चलाउदै आएको छ ।
’सूचना र संचार, जनताको अधिकार’ भन्ने मुलमन्त्रअनुसार राज्यले दिने सेवा र सरकारको कामको विषयमा राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा सूचना संप्रेषण र प्रचारप्रचार गरेर राससले अलग्यै पहिचान बनाएको छ । नागरिकलाई सूचनाको हक सुनिश्चिता गराउन, सामाजिक रुपान्तरणको अभियानमा हातेमालो गर्न र आधिकारिक सूचना संप्रेषण गर्नको लागि राससले आफुलाई अग्रमोर्चामा उभ्याएको छ ।
आजको डिजिटल युगमा आफुलाई समयनुकुल परिवर्तन गरी सेवा प्रवाहको गुणस्तरमा सुधार गर्न, राससले हरसम्भाव प्रयास गरिरहेको छ । यसै सिलसिलामा यो बर्षदेखि राससले आफुले दिने सेवालाई विविधिकरण गर्दै भिडियो सेवा सुरुवात गरेको छ । यसअघि राससले नेपाली र अंग्रेजी भाषामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, फोटो र अडियो सेवा सञ्चालन गर्दै आएको थियो
राससले आफ्नो सेवालाई प्रभावकारी रुपमा सञ्चालन गर्न केन्द्रीय कार्यालयसँगै सतावटा प्रदेश कार्यालय र ११ वटा ठुला शहरमा कार्यालय सञ्चालन गरी सेवा प्रवाह गरिरहेको छ । यी कार्यालयका २०३१÷३२ सालतिर निर्माण भएका थिए। ती कार्यालयहरुलाई नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्रालयको सहयोगमा मर्मत गर्ने कार्य भइरहेको छ । यो भवनको शिलान्यास पनि वर्तमान प्रधानमन्त्रीबाटै २०७४ साल कार्तिक ९ गते भएको थियो ।














