१६ श्रावण २०८३, शनिबार

त्रिभुवन विमानस्थलबाट भित्री लुगामा लुकाएको डेढ किलो सुनसहित भारतीय नागरिक पक्राउ



काठमाडों । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ६०० ग्राम सुनसहित १ जनालाई प्रहरीले पक्राउ गरेका छन् ।
बुधवार बिहान ९ बजे फ्ल्याई दुबईको एफजेड ५७१ नम्बरको उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएका भारतीय नागरिक युसुफ हरुनलाई भन्सार चेक गर्ने क्रममा भित्री लुगामा लुकाएको १ किलो ६०० ग्राम सुनसहित पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।