१६ श्रावण २०८३, शनिबार

बञ्चरेडाँडाका स्थानीयकोे आक्रोश, माग पूरा नभए फोहोर फाल्न नदिने चेतावनी



काठमाडौं । काठमाडौं महानगरपालिकाले ७ दिनदेखि थुप्रिएको फोहोर आजदेखि उठाउने सूचना जारी गरेको छ । उता फोहोर फालिने स्थान नुवाकोट र धादिङका स्थानीय भने आक्रोशित छन् ।

ल्यान्डफिल साइटका स्थानीयले सरकारले यसअघि गरेको निर्णय कार्यान्वयनमा ध्यान नदिएको भन्दै आगामी भदौ १ बाट फोहोर लान नदिने चेतावनी दिएका छन् । सहमतिअनुसार आफूहरुको माग पूरा नभएको, महानगरले जनजीविकासँग कुनै सरोकार नराखेको स्थानीयको आरोप रहेको छ ।