स्वाभिमान लघुवित्तको १ लाख २० हजार कित्ता शेयर बिक्रीमा « Arthapath.com
१२ श्रावण २०७९, बिहीबार

स्वाभिमान लघुवित्तको १ लाख २० हजार कित्ता शेयर बिक्रीमा



काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले संस्थापक समूह तर्फको १ लाख २० हजार ८५ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

लघुवित्तका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा हरेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (साउन १२ गते) ले ३५ दिन भित्र लघुवित्तको केन्द्रीय कार्यालय तिलोत्तमा ५ रुपन्देहीमा बोलपत्र पेश गर्न सक्नेछन् ।

साथै तोकिएको अवधिभित्र संस्थापक शेयरधनीबाट कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य कोही ब्यक्ति तथा संस्थालाई बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्