१६ श्रावण २०८३, शनिबार

जनकपुरबाट २ लाख रुपैयाँ लुटेर भागेका २ जना युवक पक्राउ



काठमाडौं । जनकपुरधाममा महिलाको साथबाट २ लाख रुपैयाँ लुटेर भागेका २ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका ७ बस्ने २७ वर्षीय जितेन्द्रप्रसाद साह र २१ वर्षीय दीपेन्द्र मण्डल छन् । प्रहरीले

जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी वसन्त रजौरेका अनुसार साह र मण्डलले जनकपुरधाम उपमहानगरपालिका १ बस्ने शर्मिला यादवले बैंकबाट झिकेर ल्याउँदै गरेको २ लाखसहित उनको मोबाइल, नागरिकता र कागजात भएको झोला लुटेर भागेको देखिएको थियो ।

साह प्रदेश २–०२–००५प००८५ नम्बरको मोटरसाइकल चलाइरहँदा पछाडि बसेका मण्डलले शर्मिलाको हातबाट झोला लुटेका थिए । पछि दुवै जनाले रकम बाँडफाँट गरेको देखिएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा साहको घरबाट शर्मिलाको लुटिएको मोवाइल र नगद ५४ हजार तथा मण्डलको घरबाट लुटिएकोमध्ये ७८ हजार रुपैयाँसमेत बरामद भएको छ । यो घट्नाको विषयमा थप अनुसन्धान भइरहेको धनुषा प्रहरीका प्रवक्ता एवं डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।