एसईईको ग्रेड वृद्धि परीक्षा भदौ ११ र १२ गते हुने
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) ग्रेड वृद्धि परीक्षा भदौ ११ र १२ गते हुने भएको छ।
सी वा सोभन्दा कम ग्रेड प्राप्त गर्नेले ग्रेड वृद्धि परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा वोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।












