आशा लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले संस्थाका केही संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर विक्रीमा ल्याएको हो ।
उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (साउन १७ गते) ले ३५ दिन भित्र संस्थाको केन्द्रीय कार्यालय ककनी –६, नुवाकोटमा निवेदन दिनुपर्नेछ ।
उक्त समयमा कुनै निवेदन प्राप्त नभएमा प्रचलित नानून बमोजिम बाह्य खरीदकर्तालाई संस्थापक शेयर विक्रीका लागि प्रकिया अघि बढाइने जनाइएको छ ।


















