१७ श्रावण २०८३, आइतबार

पहिरोमा परेर म्याग्दीमा ५ जनाको मृत्यु



काठमाडौं । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको घाङ्लेपानीमा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ ।

मंगलबार बिहान साढे ६ बजेतिर खसेको पहिरोले पुर्दा गोठे विकका छोराहरु १७ वर्षीय नवीन र १४ वर्षीय राजन विकको घटनास्थलमै मृत्यु भएको थियो भने पहिरोमा पुरिएका छिमेकी परिवारका ३७ वर्षीय घामबहादुर, उनकी ३२ वर्षीया श्रीमती राममाया र ८ वर्षीया छोरी रोजीको पहिरो खनेर शव निकालेको थियो ।

पहिरोमा परी घाइते भएका ६२ वर्षीय गोठे विक र उनकी ६७ वर्षीया गोरी विकको स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मौसमको खराबिका कारण घाइतेको हेलिकोप्टर मार्फत उद्धार गर्न समस्या भएको प्रहरीले जनाएको छ ।