तपाईलाई पर्यो कि ? यी ४ तरिकाबाट हेर्नुस् मन्दाकिनी हाइड्रोपावरको आईपीओ रिजल्ट
काठमाडौं । मन्दाकिनी हाइड्रोपावर कम्पनीको आइपीओ बिक्री प्रबन्धक बीओके क्यापिटल लिमिटेडको कार्यालय नक्साल काठमाडौंमा मंगलबार बाँडफाँट सम्पन्न भएको छ ।
क्यापिटलका अनुसार यस आईपिओमा कुल १५ लाख ४७ हजार ९ सय ४९ जनाको आवेदकबाट कुल १ करोड ६९ लाख १६ हजार ९ सय ८० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये १ हजार ६ सय ६५ जनाको आवेदन रद्द भएको छ । योग्य रहेका १५ लाख ४६ हजार २ सय ८४ जनालाई गोलाप्रथाको माध्यमबाट शेयर बाँडफांड गरिएको छ । जस अनुसार १ लाख ९ हजार ३ सय ७४ जनाले शेयर पाएका छन् । यी मध्ये ९ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन् ।
कम्पनीले साउन ९ गतेबाट १२ गतेसम्म ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको आइपीओ जारी गरेको थियो । यो मध्ये ५ प्रतिशत अर्थात् ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी १० लाख ९३ हजार ७४९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।
कम्पनीको आईपिओ नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट हेर्न सकिने छ ।
सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइटः https://iporesult.cdsc.com.np/
बिक्रि प्रबन्धक बीओके क्यापिटल लिमिटेडः https://bokcapital.com.np
मन्दाकिनी हाइड्रोपावरको वेबसाइटः http://www.mandakinihydro.com.np/
सिडीएससीको मेरोशेयरको वेबसाइटः meroshare.cdsc.com.np/#/login













