७ श्रावण २०८३, बिहिबार

चौथो त्रैमाससम्ममा गुराँस लघुवित्तका अधिकांश सूचक ओरालो



काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८।०७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरण शुक्रबार सार्वजनिक गरेको छ । लुघवित्तले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफा ४२.२३ प्रतिशतले घटेर १ करोड २७ लाख ४७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यसले २ करोड २० लाख ६४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यस अवधिमा संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा पनि यसको खुद मुनाफामा भने गिरावट आएको छ । असार मसान्तससम्मको अवधिमा लघुवित्तको संचालन नाफा ४०.१३ प्रतिशतले घटेर २ करोड २ लाख ३४ हजार रुपैयाँ र खुद ब्याज आम्दानी १५.४८ प्रतिशतले घटेर ६ करोड ८० लाख ५८ हजार रुपैयाँमा सिमित भएको छ ।

असार मसान्तसम्म आइपुग्दा गुराँसको रिजर्भ कोष पनि १६.९७ ले घटेको ३ करोड २९ लाख २५ हजार रुपैयाँ जम्मा भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रिजर्भमा ३ करोड ९६ लाख ५५ हजार रुपैयाँ जम्मा भएको थियो ।

समिक्षा अवधिमा बैंकको चुक्तापूँजी १६.९१ प्रतिशतले बढेर ९ करोड ७५ लाख रुपैयाँ र कर्जा प्रवाह १९.५६ प्रतिशतले बढेर १ अर्ब २२ करोड ८४ लाख १३ हजार रुपैयाँ आर्जन गरेको छ ।

प्रतिसेयर आम्दानी १३ रुपैयाँ ७ पैसा र प्रतिसेयर नेटवर्थ भने १३३ रुपैयाँ ७७ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्