७ श्रावण २०८३, बिहिबार

अभियान लघुवित्तमा करिब १७ गुणा आवेदक बढि



काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन १८ गतेदेखि निष्काशन गरेको शेयरमा करिब १७ गुणा बढी आवेदन परेको छ ।

लघुवित्तले निश्काशन गरेको कुल ९ लाख ७५ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने सर्वसाधारणको लागि बाँकी ९ लाख १३ हजार ७५० कित्ता शेयर निश्काशन गरिएको छ ।

१४ लाख ३० हजार ४०६ जना आवेदकबाट १ अर्ब ६३ करोड ६६ लाख ६२ हजार रुपैयाँ बराबरको १ करोड ६३ लाख ६६ हजार ६२० कित्ता शेयरको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङ्गले जनाएको छ । यो लघुवित्तले निश्काशन गरेको कुल ९ लाख ७५ हजार कित्ता शेयरको १६.७९ गुणा बढी हुन आएको छ ।

माग भन्दा बढी आवेदन लघुवित्तको आइपीओमा साउन २२ गतेसम्म मात्रै आवेदन दिन सकिनेछ । आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्