१७ श्रावण २०८३, आइतबार

तत्काल पेट्रोलियम पदार्थको मूल्य प्रदीप ज्ञवालीको माग



काठमाडौं । नेकपा एमालेले पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गरेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद प्रदीप ज्ञवालीले २–२ पटक सम्म भारतीय आयल निगमले मूल्य घटाएर पठाउँदा पनि सरकारले मूल्य नघटाएको आरोप लगाए ।

भारतबाट मूल्य बढाएर पठाउँदा मूल्य बढाउने सरकारले अहिले २–२ पटक मूल्य घटेर आउँदा मूल्य नघटाएको भन्दै उनले आपत्ति जनाएका छन् । मूल्य बढेर आउँदा जनतालाई मूल्य भार थोपर्ने सरकारले अहिले घटेर आउँदा मूल्य घटाइएको छैन,’ उनले भने, ‘तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाइयोस् ।’