१७ श्रावण २०८३, आइतबार

नेपाललाई प्लाष्टिक प्रदूषण मूक्त बनाउन प्रतिबद्ध छु: मन्त्री यादव



काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रदीप यावदले नेपाललाई प्लाष्टिक प्रदूषण मूक्त बनाउन आफु प्रतिबद्ध रहेको बताएका छन् । दक्षिण एसिया देशहरुमा रहेका नदी तथा समून्द्रलाई प्लाष्टिक प्रदूषण मूक्त बनाउन दक्षिण एसिया सहकारी वातावरण कार्यक्रम (सासोप) ले आज आयोजना गरेको सरोकारवाला, परामर्शदाता तथा निकायहरुको सहभागितामा देश विशेष वृहत कार्यशालामा बोल्नु हुँदै मन्त्री यादवले नेपाललाई प्लाष्टिकजन्य फोहर र प्रदूषण नियन्त्रण गर्न आफु लागि परेको बताए ।

उनले, “प्लाष्टिकजन्य प्रदूषण अहिलेको सबैभन्दा ठूलो समस्या मध्ये एक हो, यसको समाधान खोज्न हामीले ढीलो गर्नु हुँदैन् ।” सोही कार्यक्रममा बोल्नु हुँदै मन्त्री यादवले ४० माइक्रोन भन्दा कम मोटाईको प्लाष्टिकको प्रतिबन्धलाई कडाईका साथ कार्यान्वयन गर्न आफुले निर्देशन दिएको जानकारी गराए । नेपाललाई प्लाष्टिक प्रदूषण मूक्त बनाउन आफु प्रतिबद्ध रहेको र आफु मन्त्री नियूक्त भए पश्चात छोटो समयमै धेरै कामहरुको सुरुवात भएको मन्त्री यादवले दावी थियो ।

यसैगरी मन्त्री यादवले आगामी भदौं १ गतेदेखि प्लाष्टिक प्रदूषण मूक्त बनाउन थप कामहरु हुन गइरहेको बताए । यसैगरी वीरगञ्जस्थित सिर्सिया नदीमा भइरहेको औद्योगिक र मानवीय प्रदूषणलाई नियन्त्रण गर्नका लागि मन्त्रालय तथा मातहतका निकायबाट महत्वपूर्ण कामहरु भइरहेको बताए । उनले, “प्लाष्टिक प्रदूषण मूक्त बनाउन हामी एक्लैले चालेका कदमहरु अपर्याप्त हुन सक्छन । हामीलाई अन्तर्राष्ट्रिय स्तरबाट पनि सहयोगको आवश्यकता छ, हाम्रो अभियानमा सबैको साथ र सहयोग आवश्यक छ ।”

सोही कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले प्लाष्टिकजन्य पूष्पगुच्छा तथा माला आयात, विक्रीवितरण र भण्डारणमा पनि प्रतिबन्ध लगाएको बताए । उनले, “नेपाललीले उत्पादन गरेका फुलहरु बिक्रि हुँदैनन, प्लाष्टिक पूष्पगुच्छा तथा मालाले प्रदूषण गर्ने भएकाले मैले प्लाष्टिक पूष्पगुच्छा तथा माला आयात, विक्रीवितरण र भण्डारणमा पूर्ण रुपमा प्रतिबन्ध लगाएको छु ।”