ग्लोबल आइएमई लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, शैक्षिक योग्यता कति ?

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्त एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि ठूलो सख्यामा कर्मचारी मागेको हो ।
लघुवित्तले विभागीय प्रमुख (सूचना प्रविधि) मा १ जना, प्रदेश प्रमुखमा केही संख्यामा, कानून अधिकृतमा १ जना, अनुगमन/आन्तरिक लेखापरीक्षक, शाखा प्रमुख र सहायक/कनिष्ठ सहायक/ब्यवस्थापन प्रशिक्षार्थी/प्रशिक्षार्थी सहायकमा केही संख्यामा कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता एसईई उत्तिर्ण गरेको देखि स्नातकोत्तर उत्तिर्ण गरेको तथा विभिन्न बैंक तथा वित्तीय संस्थामा अनुभवि कर्मचारी मागेको हो ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (साउन २४ गते) ले १५ दिन भित्र लघुवित्तको बेभसाइट https://gilb.com.np/ मार्फत आवेदन दिन सकिनेछ ।
