मिथिला लघुवित्तको मुनाफामा सुधार, चुक्तापूँजी १७ करोड पुग्दा यस्तो छ अन्य सूचक « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

मिथिला लघुवित्तको मुनाफामा सुधार, चुक्तापूँजी १७ करोड पुग्दा यस्तो छ अन्य सूचक



काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफा २.६७ प्रतिशतले बढेर ५ करोड ७६ लाख ५८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको खुद नाफा ५ करोड ६१ लाख ५७ हजार रुपैयाँ आर्जन गरेको थियो ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १२ करोड ६७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको लघुवित्तले गत आर्थिक वर्षको सोहि अवधिमा आइपुग्दा खुद ब्याज आम्दानी ०.०७ प्रतिशतले घटेर ११ करोड ९९ लाख ८२ हजार रुपैयाँ आर्जन गरेको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा लघुवित्तको संचालन नाफा ७.१८ प्रतिशतले घटेर ७ करोड ६९ लाख ६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको संचालन नाफा ८ करोड २८ लाख ५४ हजार रुपैयाँमा रहेको थियो ।

समिक्षा अवधिमा लघुवित्तको चुक्तापूँजी ४० प्रतिशतले बढेर १७ करोड ४ लाख ३७ हजार रुपैयाँ, जगेडा कोष २३ प्रतिशतले घटेर ११ करोड ६३ लाख ६२ हजार रुपैयाँ, सापटी १८.४६ प्रतिशतले बढेर १ अर्ब २४ करोड २७ लाख ७ हजार रुपैयाँ, निक्षेप संकलन ४१.४६ प्रतिशतले बढेर ७० करोड २५ लाख ७८ हजार रुपैयाँ आर्जन गरेको छ ।

लघुवित्तको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ३ पैसले घटेर ३३ रुपैयाँ ८३ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ २७ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्