कालिका लघुवित्तले माग्यो ठुलो संख्यामा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले आइतबार एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी मागेको हो ।
लघुवित्तले प्रबन्धकमा १ जना, अधिकृतमा २ जना, सहायकमा २० जना र कनिष्ठ सहायकमा ६० जना कर्मचारी माग गरेको हो । जसका लागि शैक्षिक योग्यता एसईई तह उत्तिर्ण देखि स्नातक तह उत्तिर्ण गरेको तथा बैंक तथा वित्तीय संस्थामा अनुभवि कर्मचारी मागेको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी लघुवित्तको इमेल [email protected] मार्फत आवेदन दिन सकिनेछ ।
