नागरिकता विधेयक रोकिदैंन: गृहमन्त्री खाँण
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयकलाई अब रोक्न नसकिने बताएका छन् । विधेयकमाथि प्रतिनिधिसभामा छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री खाँणले नागरिकता विधेयक नरोकिने जनाएका हुन ।
उनले ‘अब लम्ब्याउन सक्ने अवस्था छैन । सहमति जुट्न सकेन पेन्डिङमा राखौं भन्दा जे उठिराख्या छ त्यो कुरा रोकिदैन । जसलाई सम्बोधन गर्नुपर्ने हो त्यसलाई (नागरिकता) दिन सकिँदैन’ बताए । साथै, ‘थाती राख्दा तिनीहरु झनै प्रताडित हुने भए, तिनको संख्या बढिरहेको छ, उमेर बढिरहेको छ । उनीहरुको उर्जा सकिदै जान्छ’ उनले भने












