राधी विद्युतको १४७ प्रतिशत हकप्रदमा बुक क्लोजको मिति तय
काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्न बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले हकप्रद शेयर निष्कासनका लागि भदौ १२ गते बुक क्लोज गर्ने भएको हो ।
कम्पनीले १४७ दशमलव ५२ प्रतिशत अर्थात १ः१।४७५२ अनुपातमा १ सय रुपैयाँ अंकित दरको ९५ लाख ३५ हजार ७६० दशमलव ९९ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी रू। ६४ करोड ६४ लाख रहेको छ ।
भदौ ११ गतेसम्म कायम सेयरधनीले हकप्रदमा आवेदन दिन सक्नेछन् । यता, कम्पनीले हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । अब छिट्टै हकप्रद निष्कासन प्रक्रिया अघि बढ्नेछ ।













