राउण्ड टेबल नेपालद्धारा मोरङको बुढीगंगाको विद्यालयमा २ करोडको लागतमा कक्षा कोठा निर्माण
काठमाडौं । राउण्ड टेवलविराटनगर प्लाटिनम राउण्ड टेबल नेपालले मोरङको बुढीगंगा गाउँपालिकस्थित सरस्वती सदनआधारभुतविद्यालयलाई कक्षाकोठा निर्माण गरी हस्तान्तरण गरेको छ । राउण्ड टेबलले सो विद्यालयमाबहुबर्ष योजनाअन्र्तगत २ करोड बढीको लगानीगर्दै आवश्यक सम्पूर्ण भौतिक साधन जुटाई दिएको हो ।
बुढीगंगा गाउँपालिकाको वडा नम्बर ४ स्थित विद्यालय परिसरमाबिहीवार आयोजितकार्यक्रमकाबीच राउण्ड टेबल नेपालका अध्यक्ष आनन्द बाहेतीले विद्यालय परिसरमाहालै निर्माण गरिएको ४ कोठे भवनको उद्घाटन गरेका हुन । विराटनगर प्लाटिनम राउण्ड टेबल नेपालले यूरोपस्थित राउण्ड टेबल यूरो ११ सँग सहकार्य गर्दै सो विद्यालयमा ४०लाखको लगानीमा ४ कोठे पक्कीभवनथप गरेको हो । राउण्ड टेबल नेपालले सोही संस्थासँग सहकार्य गर्दै उक्तविद्यालयमा यस अघि नै १६ वटा कोठा निर्माण गरिसकेको छ । विराटनगर राउण्ड टेबल नेपालले सन् २००६ यताउक्तविद्यालयको अभिभावकत्व ग्रहण गरेको छ । अभिभावकत्व ग्रहण गरि एयता विद्यालयमा निरन्तर भौतिक संरचनाको निर्माण गर्दै आएको विराटनगर राउण्ड टेबल प्लाटिनम ११ काअध्यक्ष प्रणव तोदीले बताए ।
थपगरिएको ४ कोठासँगै हालसम्म राउण्ड टेबल नेपालले उक्तविद्यालयमा २० वटा कोठको निर्माण सम्पन्न गरिसकेको छ । निर्माण गरिएको सोहीकोठाहरुबाट विद्यालयको प्रशासनिककामकारवाहीका साथै विद्यार्थीहरुको अध्ययन अध्यापन हुने गरेको छ । त्यतिमात्रनभई विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्विगर्न समेत राउण्ड टेबल नेपालले भुमिकानिर्वाह गर्दै आएको छ । आफुहरुले अभिभावकत्व ग्रहण गर्नु अघि उक्तविद्यालयनजिकैको जग्गामा टिनको छानो भएको कोठामा संचालनहुने गरेको राउण्ड टेबल नेपालकापुर्व अध्यक्षदिवाकर राठीले जानकारी दिए । बिजोग अवस्था देखेर आफ्नो संस्थाले सो विद्यालयको अभिभावकत्व ग्रहण गरेको र त्यसयतानिरन्तर विकास निर्माण तथाभौतिक सामग्री जुटाइदिने कामगर्दै आएको राठीले बताए ।
राउण्ड नोपाल ११ ले हालसम्मउक्तविद्यालयमा स्वच्छ खानेपानी, शोैचालय, साईकलपार्किङ लगायतआवश्यक सम्पूर्ण भौतिकपुर्वाधार निर्माण गरिदिएको छ । बितेको १५ वर्षमा युरो ११ सँग सहकार्य गर्दै उक्तविद्यालयमा राउण्ड टेबल ११ ले २ करोड बढीको लगानीगरिसकेको छ । विद्यालयकालागिआवश्यक सम्पुर्ण भौतिक संरचना राउण्ड टेबलले जुटाई दिएपछि अबआफुहरु विद्यालयको स्तरोन्नती र शैक्षिक गुणस्तर बृद्धि गर्न लागिपरेको विद्यालयकाब्यवस्थापन समितिअध्यक्ष हक्मुद्धिनले बताए ।
कक्षाकोठा लोकार्पण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक स्वर्ण कान्तदाहाल सहित राउण्ड टेबल नेपालकादिवस सुवेदी, निखिल जैसानीतथा हरी राठी लगायतकापदाधिकारीहरुको सहभागिता थियो । यसैवीचमोेरङको रंगेलीनगरपालिका७मा रहेको आदर्श निम्नमाध्यमिकविद्यालयलाई राउण्ड टेवल ५ द्वारा ४ वटा कोठा निर्माण गरी आज एक कार्यक्रमकाबीचविद्यालयलाई हस्तान्तरण गरिएको छ ।
राउण्ड टेवल नेपालका अध्यक्ष आनन्द बाहेती र मेयर दिलिप बगडियाले नवनिर्मित कोठा मा रिवन काटेर हस्तान्तरण गरेका थिए । सोहीकार्यक्रममा मेयर बगडियाले सो बिधालयमा अरु कोठा र अंग्रेजी शिक्षा दिने प्रतिवद्वता जनाएका छन् । विद्यालयमा ४ सय ६५ बिद्यार्थी अध्ययनगरिरहेका छन् । विद्यालयलाई सधैं यसरी नै सहयोग गर्दै जाने राउण्ड टेबुल नेपाल ५ काअध्यक्ष आनन्द वाईतिले जानकारी गराउनुभएको थियो । अहिले सम्म यो विद्यालयमा राउण्ड टेबुलले १५ वर्षदेखि सञ्चालनगर्दै आएको र लगभग ५० लाख सम्मखर्च गरेको विराटनगर राउण्ड टेबुल ५ काअध्यक्ष टेबलर ऋषभदाहालले जानकारी दिए । उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ओमकार प्रसादन्यौपाने, वडा अध्यक्ष रामचन्द्र मण्डल, राउण्ड टेवल नेपालकापदाधिकारी तथा सदस्य, रोटरी क्लबकापदाधिकारी तथा सदस्य, जग्गादाताकमलेश अग्रवाल, प्रधानाध्यापक अरविन्दशाहलगायतको उपस्थिति रहेको थियो ।













