धौलागिरी लघुवित्तको आइपीओ मंगलबार बाँडफाँट हुने, १९ लाखभन्दा बढी आवेदकको हात रित्तो « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

धौलागिरी लघुवित्तको आइपीओ मंगलबार बाँडफाँट हुने, १९ लाखभन्दा बढी आवेदकको हात रित्तो



काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको आइपीओ मंगलबार (भदौ साउन ७ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सनराईज क्यापिटलका अनुसार मंगलबार बाँडफाँट गर्ने तयारी गरिएको हो ।

लघुवित्तको आइपीओमा माग भन्दा ७०.२२ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसमा ३० हजार ९२९ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १९ लाख २१ हजार ५३१ जनाको भने हात खाली हुनेछ । सेयर पर्नेहरुमध्यबाट १० कित्ताभन्दा बढि आवेदन दिने आवेदकहरु मध्यका ५ जनाले भने ११ कित्ता सेयर हात पार्नेछन् । 

लघुवित्तले जारी पूँजी १० करोड ३१ लाखको ३२।१० प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका दरले ३ करोड ३१ लाख बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गरेको थियो । उक्त कुल ३ लाख ३१ हजार कित्ता शेयरमध्ये ०।५ प्रतिशत अर्थात ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको थियो भने बाँकी रहेको ३ लाख ८ हजार २९५ कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन खुला गरेका थियो ।

रेटिङ एजेन्सी कियर नेपालले लघुवित्तको आइपीओलाई ‘कियर एनपी डबल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन पुरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।


प्रतिक्रिया दिनुहोस्