हुण्डी कारोबार गर्ने एक जना विरुद्ध मुद्दा दायर
काठमाडौं । जिल्ला अदालत काठमाडौंमा हुण्डी कारोबार गर्ने एक जना विरुद्ध मुद्दा दायर भएको छ ।
राजस्व अनुसन्धान विभागले भारत राजस्थान घर भई हाल काठमाडौं महानगरपालिका–२८ बिजुलीबजार बस्ने राजु अग्रवाल भनिने राजेन्द्र कुमार विरुद्ध विहीबार अदालतमा मुद्दा दर्ता गरेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गत साउन २३ गते काठमाडौं महानगरपालिका–१८ नरदेबीबाट जयश्री खाटु इन्टरनेशनलको नाममा व्यवसाय गर्ने भनी ७४ लाख हुण्डीजन्य कारोबार गरिरहेको अवस्थामा बरामद गरी विभागमा बुझाएको थियो ।
एक विज्ञप्ति निकाल्दै विभागले बरामद रकम जफतको दाबीसहित मुद्दा दर्ता गरिएको जनाएको छ ।
उक्त कसूरजन्य कार्य विदेशी विनियम नियमित गर्ने ऐन, २०१९ को दफा ३(१), ४(१) ५ तथा ९ ग (ग) बमोजिम सोही ऐनको दफा १७ (१) अनुसार सहाजय हुने र बरामद दशी रकम जफत हुन दावी लिई मुद्दा दायर गरिएको विभागले जनाएको छ ।













