एक आपसमा गाभिदै यी दुई कम्पनी, प्रस्ताव पारितका लागि बोलाए विशेष साधारण सभा « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

एक आपसमा गाभिदै यी दुई कम्पनी, प्रस्ताव पारितका लागि बोलाए विशेष साधारण सभा



काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र आँधिखोला लघुवित्त वित्तीय संस्थाले विशेष साधारणसभा बोलाएका छन् ।

यी दुई कम्पनीले असोज ७ गते एक आपसमा गाभिने प्रस्ताव पारित गर्न छुट्टाछुट्टै स्थानमा विशेष साधारण सभा बोलाएका हुन् ।

सिवाईसी नेपाल लघुवित्तको सभा लघुवित्तको केन्द्रिय कार्यालय, सभागृह चोक, कास्की र आँधिखोला लघुवित्तको होटल गाँउवेशीको सभाहल, वालिङ, स्याङ्जामा बिहान ११ बजे सुरु हुनेछ ।

सभामा यी दुई लघुवित्त एक आपसमा गाभ्ने/गाभिने, मर्जर प्रयोजनार्थ निर्धारण गरिएको सेयर स्वाप रेशियो पारित हुनेछ ।
सोही सभाले लेखापरीक्षक नियुक्त गर्ने, मर्जर सम्बन्धि आवश्यक कार्य गर्नका लागि सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको व्यक्तिलाई आवश्यक अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछन् ।

विशेष साधारण सभा प्रयोजनका लागि भदौ २९ गतेदेखि असोज ७ गतेसम्म बुक क्लोज गर्नेछन् । मर्जर प्रयोजनका लागि दुवै कम्पनीको असार २३ गतेदेखि सेयर कारोबार बन्द रहेको छ ।


प्रतिक्रिया दिनुहोस्