प्रतितोला ८ सय रुपैयाँले बढ्यो सुनको भाउ, चाँदीको कति ?
काठमाडौं । बिहीबार सुनको मूल्य वृद्धि भएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ८ सय रुपैयाँले वृद्धि भएको हो ।
अघिल्लो दिन ९३ हजार रुपैयामा कारोबार भएको सुन आज बढेर ९३ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ ९३ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन तेजावी सुन ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, साताको पाँचौं कारोबार दिन चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज चाँदी तोलामा २५ रुपैयाँले वृद्धि भई १ हजार १३५ रुपैयाँ कायम भएको छ ।












